लामो उपचार पछि केपी शर्मा ओली स्वदेश फिर्ता

जेठ २०, काठमाडौ – नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली आज स्वदेश फर्किनु भएको छ । लामो समय उपचारका क्रममा थाइल्याण्डको बैंककमा रहनुभएका उहा आज दिउसो १२ वजे थाइ एयरलाइन्सवाट स्वदेश फर्किनु भएको हो ।
नेता ओलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग आफु पूर्ण स्वास्थ्यलाभ गरेर फकिर्एको वताउनु भएको छ ।
एमाले नेता तथा कार्यकर्ताहरु ओलीको स्वागतका लागि विमानस्थल पुगेका थिए । असार तेस्रो साता काठमाडौंमा हुने महाधिवेशनमा ओली पनि अध्यक्षका प्रत्यासी हुनुहुन्छ ।
वैशाख १७ गते बैंकक लगिएका ओलीको बुमरुङगार्ड अस्पतालमा उपचार गरिएको थियो । ओलीको सम्पूर्ण उपचार खर्च सरकारले ब्यहोर्ने निर्णय गरेको थियो ।