त्रिशुली र कोलनीले फाइनल खेलका लागि प्रवेश पक्का गरे

जेठ १९, नुवाकोट–ग्यालेक्सी क्रिकेट क्लब नुवाकोटको आयोजनामा सञ्चालन भइरहेको नुवाकोट प्रिमियर लिगको फाइनलमा त्रिशुली र कोलनी भिड्ने भएका छन् । प्रतियोगिताको खेलहरु जारी रहेपनि लिगचरण अन्तरगत खेलाएको प्रतियोगितामा सर्वोकृष्ठ दुई स्थानमा रहेका त्रिशुली र कोलनीले २२ गते हुने फाइनल खेलका लागि प्रवेश पक्का बनाएका हुन् । आज भएको खेलमा कोलनीले इनारपाटीलाई ८ विकेटले हराएको छ । पहिलो व्याटिङ गरेको इनारपाटीले ९ दशमलव २ ओभरमा अल आउट हुदै ५५ रन जोडेको थियो । ५६ रनको सामान्य  बिजयी लक्ष्य लिएर मैदानमा उत्रिएका कोलनीले ८ ओभरमै २ विकेट गुमाउदै बिजयी हुन सफल भएको हो । खेलमा म्यान अफ दी म्याच ५ विकेट लिनुभएका कोलनीका ओमप्रकाश श्रेष्ठ हुनुभएको छ । यस्तै अर्को खेलमा देघाटलाई ५८ रनले हराउदै त्रिशुली फाइनलमा स्थान सुरक्षित गरेको छ । पहिले व्यटिङ गरेको त्रिशुलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १ सय ५० रन जोडको थियो । १ सय ५१ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रिएको देवीघाट १७ दशमलव ५ ओभर अलआउट हुदै ९२ रनमा समेटिएपछि खेल त्रिशुलीले ५८ रनले बिजयी भएको हो । त्रिशुलीलाई जिताउन ४४ रनको योगदान दिनुभएका असिम अहमद खेलमा म्यान अफ दी म्याच हुनुभएको छ । प्रतियोगितको फाइनल २२ गते हुने भएपनि लिग चरणका खेलहरु भने अझैबााकी नै रहेको आयोजक ग्यालेक्सी क्रिकेट क्लब नुवाकोटका अध्यक्ष दुर्गाराज पाठकले जानकारी दिनुभएको छ  ।