रमेश खरेललाई यथावत जिम्मेवारी दिन आयोगको निर्देशन

जेठ १९,काठमाडौ– काठमाडौं प्रहरी प्रमुख रमेश खरेललाई नहटाउन निर्वाचन आयोगले गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।
आज बसेको आयोगको बैठकले गृह सचिव सूर्यप्रसाद सिलवाललाई पत्र पठाएर एसएसपी खरेललाई पुरानै जिम्मेवारीमा राख्न निर्देशन दिने निर्णय गरेको हो ।
निर्वाचन आयोगले गृह सचिवलाई ’निर्वाचनको अवधिमा निजलाई महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुखको कार्यभारबाट मुक्त हुने गरी अर्को व्यक्तिलाई कार्यभार दिएको हो भने निज वरिष्ठ प्रहरी उपरीक्षक रमेशप्रसाद खरेललाई निजको पदाधिकार रहेको कार्यालयमा यथावत जिम्मेवारी दिई कामकाज गराउनु ।’ व्यहोराको पत्र पठाएको छ ।
गृह मन्त्रालयले खरेलको सुरुवाका लागि आयोगसँग सहमति मागेको थियो ।
तर, आयोगले निर्वाचन आचार संहिता विपरित हुने भन्दै अस्वीकार गरेपछि प्रहरी प्रधान कार्यालयले सोधपुछका लागि भन्दै हेडक्वाटर तानेको छ ।