एमाओवादीमा कार्यबिभाजन टुंग्याउन बैठक बस्दै

जेठ १९, काठमाडौ–एकीकृत नेकपा माओवादीको केन्द्रिय समिति बैठक आज बस्दैछ । पार्टी कार्यालय पेरिसडाडामा मध्यान्न बस्ने बैठकमा नेताहरुको कार्यबिभाजनको आन्तिम टुङ्गो लगाईने एक केन्द्रिय सदस्यले जानकारी दिएका छन् । यसअघि केन्द्रिय समिति बैठक हिजो बस्ने भनिएतापनि नेताहरुको कार्यब्यस्तताका कारण बैठक आजका लागी सारिएको हो । शनिबार बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले नेताहरुको कार्यबिभाजनको प्रस्ताव पेश गर्नुभएको थियो । नेताहरुको कार्यबिभाजनमा अध्यक्ष दाहाललाई समग्र पार्टी, बरिष्ठ नेता डा. बाबुराम भट्टराईलाई सदन तथा अध्ययन अनुसान्धान, उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई अन्तराष्ट्रिय, उपाध्यक्ष पोष्टबहादुर बोगटी संगठन तथा अनुगमन विभाग संयोजक, महासचिव कृष्णबहादुर महरालाई उक्त विभागमा सचिव तोकेको छ । हिजाको बैठकले सचिव टोपबहादुर रायामाझी सदन र उपनेता, सचिव वर्षमान पुन स्कूलिङ विभाग, र सचिव गिरीराजमणी पोखरेल सदनमा सचेतकको जिम्मा ठोस गरेको छ । बैठकले आर्थिक विभागमा कोषाध्यक्ष हरिबोल गजुरेल रहने निर्णय गरेको थियो । एकीकृत माओवादीको निर्वाचनमा असन्तुष्ट जनाउदै आएका नेता बाबुराम भट्टराई पक्षले भने पार्टीले दिएको जिम्मेवारी स्वीकार गर्ने बताउर्दै आएको छ ।