गोसाईं कुण्ड १० दिन सम्म

जेठ १५, काठमाडौ– गङ्गा दशहरा पर्वमा लाग्ने पवित्र तीर्थस्थल गोसाईं कुण्ड मेला आज देखि सुूरु हुदैछ । समुद्री सहतबाट १४ हजार १०० फिटको उचाइमा अवस्थित धार्मिक पौराणिक कुण्डमा मेला भर्नका लागी हिजोदेखि नै भक्तजनको चहलपहल सुरु भइसकेको छ । २५ गतेसम्म १० दिन लाग्ने विशेष मेला अन्तर्गत कुण्डमा स्नान गरी पूजाआजा गर्न सयौं भक्तजनहरू उकालो पैदल यात्रा सुरु गरिसकेको स्थानीय व्यवसायीले बताए छन् ।