एमाले अनुशासन अयोगद्धारा अस्वस्थ्य गालिगलौज नर्गन निर्देशन

जेठ १५, काठमाडौ– नेकपा एमालेको आसन्न महाधिवेशनलाई लक्षित गर्दै एमालेको अनुशासन अयोगले नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ । आयोगले महाधिवेशनको बहसका क्रममा अस्वस्थ गालिगलौजमा नउत्रिन समेत सर्कुलर गरेको अनुशासन आयोगका प्रमुख अमृत कुमार बोहोराले जानकारी दिनुभयो । महाधिवेशनको भावी नेतृत्वलाई लिएर व्यक्तिगत गालिगलौज र अस्वस्थ बहस हुन थालेको भन्दै आयोगले रोक्न खोजेको हो । महाधिवेशन प्रचार उपसमितिले अमर्यादित र अस्वस्थ बहस रोक्न आयोगको ध्यानाकर्षण गराइ सकेको छ । एमालेमा अनुशासन आयोगलाई शक्तिशाली मानिन्छ । आयोगका अध्यक्ष अमृत बोहोराले महाधिवेशनमा बिचारको बहस स्वभाविक भए पनि व्यक्तिगत तहमा उत्रिएर आरोप प्रत्यारोप हुन थालेकोमा चिन्ता व्यक्त गरेका छन् । आयोगले अस्वस्थ बहस र आरोप प्रत्यारोप रोक्न कडा निर्देशन दिने भएको छ ।