मोदीले आज प्रधानमन्त्रीको रुपमा कार्यधार सम्हाल्ने

जेठ १३, एजेन्सी– भारतका नव नियुक्त प्रधानमन्त्री नरेन्द्र मोदीले आज प्रधानमन्त्रीको रुपमा कार्यधार सम्हाल्ने भएका छन् । हिजो सााझ भव्य समारोहका बिच प्रधानमन्त्री पदको सपथ ग्रहण गरेका मोदीले आज बिहान कार्यालय समयमा प्रधानमन्त्री पदको कार्यभार सम्हाल्ने भएका हुन् । यसका साथै मोदीले गठन गरेको ४५ सदस्यीय मन्त्रिमण्डलका सदस्यहरुलाई पनि आज मन्त्रालयको टुंगो लगाउने तयारी गरिएको छ । ती मध्य केहि मन्त्रीहरुको मन्त्रालयको टूंगो लागिसकेको छ भने केहि मन्त्रीहरुको मंन्त्रालयको टुंगो लाग्न बााकी छ । भारतमा ३० बर्ष पछि एउटै पार्टीले बहुमत ल्याएको भए पनि मोदीको सरकारमा गठबन्धनभित्रका सबै दल सहभागि भएका छन् । भारतीय जनता पार्टी नेतृत्वको नेश्नल डेमोक्रेटिक एलाईन्स एनडिए गठबन्धनमा अरु चार दल सहभागि छन् । गठबन्धनमा रहेका चार वटै पार्टीबाट एक एक जना मन्त्रीले हिजै सपथ खाईसकेका छन् ।