जेठ १३, स्याङ्जा–स्याङ्जामा स्थापना भएका विभिन्न प्रकृतिका ४९ वटा सहकारी संस्था खारेजीको प्रक्रियामा रहेका छन् । खारेजीको सूचिमा रहेका ती ४९ वटा सहकारीमध्ये १२ वटा बहुउद्वेश्यीय सहकारी संस्था रहेका छन् भने ८ वटा उपभोक्ता सहकारी, ७ वटा दूग्ध सहकारी, ७ वटा कृषि सहकारी, ७ वटा बचत तथा ऋण सहकारी, ३ वटा कफि सहकारी र अन्य ५ वटा सहकारी संस्थाहरु रहेका छन् । २ वर्षसम्म कारोबार नगरेर निष्क्रिय रहने अथवा कारोबार नियमित नगर्ने, सहकारी नियम पूरा नगर्ने, संस्थाको नियमित बैठक नबस्नेलगायतका मापदण्ड पूरा नगर्ने सहकारीलाई सहकारी ऐनको दफा ४१ को उपदफा ३ बमोजिम कारबाहीस्वरुप खारेज गर्नुपर्ने अवस्था आएको डिभिजन सहकारी कार्यालय स्याङ्जाका नायबसुब्बा मुक्ति पौडेलले बताउनुभयो । हालसम्म स्याङ्जामा ३३५ सहकारी सञ्चालनमा रहेका छन् । जिल्लामा ११३ बचत तथा ऋण सहकारी संस्था सञ्चालन गर्ने उद्धेश्यले दर्ता भएका छन् भने ६९ वटा कृषिसम्बन्धी, ५८ वटा बहुउद्धेश्यीय, ३३ वटा दुग्ध उत्पादन, १८ वटा फलफूल, ११ वटा उपभोक्ता, ९ वटा साना किसान, ९ वटा कफि, ३ वटा मौरी तथा माछा पालन, २ वटा स्वास्थ्य, १ जडिबुटी र अन्य २ वटा सहकारी सञ्चालनमा रहेका डिभिजन सहकारी कार्यालय स्याङ्जाले जनाएको छ ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
