एमाओवादीमा पदाधिकारी र स्थायी समितिका लागि आन्तरिक मतदान हुने

जेठ १२, काठमाडौ– एकीकृत माओवादीले पदाधिकारी र स्थायी समिति सदस्य चयनका लागि आज मतदान गर्दैछ । हिजो भएको मतदानले ५० जना पोलिट्व्युरो सदस्य चयन गरेको छ । नन्दकुमार प्रसाईको संयोजकत्वमा गठन भएको निर्वाचन समितिले आज स्थायी समिति र पदाधिकारी चयनका लागि मतदानको तयारी गरेको छ । १५१ जनाले ५१ पोलिटब्यूरो चयन गरेको छ । अब ५१ पोलिटब्यूरोले १७ स्थायी समिति सदस्य र १७ स्थायी समिति सदस्यले ८ पदाधिकारी चुन्नेछन् । संस्थापनले विराटनगर राष्ट्रिय सम्मेलनबाट एकपक्षीय ढंगले केन्द्रीय समिति बनाएको तर्क गर्दै भट्टराई पक्षले चुनावमा भाग नलिएको भएपनि उनी पक्षका ८ नेताहरु पोलिट्व्युरोमा चयन भएका छन् ।