आठ स्थायी न्यायाधीशका बारेमा सुनुवाई समितिले आज निर्णय गर्ने

जेठ १२, काठमाडौ–सर्वोच्च अदालतको स्थायी न्यायाधीशमा सिफारिसमा परी सुनुवाई सकिएका आठ न्यायाधीशका बारेमा सुनुवाई समितिले आज निर्णय गर्दैछ ।
आज २ बजे बस्ने समितिको बैठकमा सुनुवाईका क्रममा उठेका प्रश्नको जवाफ दिए/नदिएको, अब बोलाउनुपर्ने या नपर्ने, अनुमोदन गर्ने कि अस्वीकार गर्ने भन्ने विषयमा छलफल हुनेछ ।
सुनुवाई समितिमा उपस्थित भएका आठ न्यायाधीश मध्ये केही न्यायाधीश बढि विवादित भएकाले फेरि बोलाउनुपर्ने केही सदस्यको धारणा रहेको छ भने केहीले अहिले नै अनुमोदन गर्नुपर्ने अडान राखेका छन् । आठ न्यायाधीशको सुनुवाई हिजो सकिएको छ ।