देवदह नगरपालिका औपचारिकरुपमा शुभारम्भ

जेठ ६, रुपन्देही–रुपन्देहीको देवदह नगरपालिका घोषित भएसगै आजदेखि औपचारिकरुपमा कार्यालय स्थापना गरी काम सुरु गरेको छ ।
रुपन्देहीका स्थानीय विकास अधिकारी विश्वप्रकाश अर्यालले कार्यालयको शुभारम्भ गर्नुभएको हो ।
स्थानीय विकास अधिकारी अर्यालले देवदह नगरपालिका पुरातात्विक क्षेत्र भएका कारण पर्यटन क्षेत्रको विकास गरी आर्थिक उन्नति गर्न सकिने बताउनुभयो ।