शैक्षिक संस्थाको लेखा शाखामा लगाएको ताला अझै खुलेन

जेठ ६, काठमाडौ–निजी विद्यालयले गरेको शुल्कवृद्धि फिर्ता गर्न माग राख्दै अखिल क्रान्तिकारी विद्यार्थी सङ्गठनले शैक्षिक संस्थाको लेखा शाखामा वैशाख २६ गतेदेखि लगाएको ताला अझै खुल्न सकेको छैन ।

निजी विद्यालयहरूले मापदण्डविपरीत विद्यार्थीबाट शुल्क असुलेको भन्दै अखिल क्रान्तिकारी विद्यार्थी सङ्गठनले शुल्क वृद्धी फिर्ता गराउन ताला लगाएको हो । ताला खुलाउने विषयमा आज वार्ता हुने भनिए पनि प्याब्सनले वार्ताका लागि नबोलाएको अखिल (क्रान्तिकारी)का कोषाध्यक्ष लालबहादुर तामाङले जानकारी दिनुभयो ।
अखिल क्रान्तिकारीले माग पूरा नहुदासम्म ताला नखोल्ने बताउदै आएको छ । काठमाडौाका १ सय, ललितपुरका ५० र भक्तपुरका १५ विद्यालयका लेखा शाखामा ताला लगाइएको छ ।