जेठ ५, काठमाडौ–सिरियाको राजधानी दमास्कस नजिकै भएको एक भिडन्तमा परी सिरियाका वायुसेना प्रमुखको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार मिलिहा क्षेत्रमा रहेको वायु सेनाको मुख्यालयमा भएको आक्रमणमा वायु सेना प्रमुख जनरल हुसैन इसहाकको मृत्यु भएको हो । सिरियामा राष्ट्रपति बसर अल असादविरुद्ध सन् २०११ बाट सुरु भएको आक्रमणमा परी मारिने बरिष्ठ व्यक्ति मध्य जनरल हुसैन एक हुन् । बेलायतमा रहेको सिरियाली निरीक्षण संस्थानका निर्देशक रमी अब्देल रहमानले जनरल हुसैन इसहाकको मृत्युले राष्ट्रपति असादको सरकारलाई मनोबैज्ञानिक रुपमा कमजोर बनाएको बताए । यसैबीच, हालै सिरिया सरकारलाई एक इस्लामिक चरमपन्थी समूह हेजबुल्लाहले समर्थन गरेपछि सरकारले विद्रोहीविरुद्ध कडा संघर्ष सुरु गरेको छ । सरकारी सेनाले बिद्रोहीलाई शहरबाट बाहिर निकाल्ने संघर्ष जारी राखेको अधिकारीहरुको भनाई छ । एजेन्सी
अन्तरबार्ता
लुम्बिनी प्रदेश नेपाली काँग्रेसका सचेतक भन्छन् -‘व्यवस्था निरन्तरताका लागि काँग्रेस सत्तामा जान सक्छ’

प्रतिनीधिसभा विघटन भए पछि नेकपा विभाजनको संघारमा पुगेको छ । नेकपा ओली समुह र प्रचण्ड–नेपालल समुहमा विभक्त भएको छ । यसको प्रभाव केन्द्र
विचार
पूंजीगत खर्च गर्ने क्षमताको विकास

दामोदर रेग्मी पुस २९, काठमाडौं – बजेट आम जनमानसको अपेक्षा र प्रतीक्षाको विषय हो किनकी बजेटले मूलतः विकास निर्माणका संभावनाहरुलाई उजागर गरेको हुन्छ
सरोकारवालाहरुको उदय र सुशासन

दामोदर रेग्मी पुस १९, काठमाडौं – सार्वजनिक सेवा विविध सरोकारवालाहरुको अन्तरसम्वन्धको सम्मिश्रण हो यसै कारणले यी सरोकारवालाहरुको वीचमा धेरै आवश्यकताहरु रहेका हुन्छन् ।