नेपालको कम्युनिस्ट आन्दोलन पुजीवादी समाजमा प्रवेश– भुसाल

ghanashyam bhusalजेठ ४, इटहरी–नेकपा एमालेका केन्द्रीय सदस्य घनश्याम भुसालले एमालेको आगामी नवौ महाधिवेशन कम्युनिस्ट आन्दोलनमा रहेका दलको साझा महाधिवेशन हुने बताउनुभएको छ । आज सुनसरीको इटहरीमा प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा नेता भुसालले अहिले विश्व कम्युनिस्ट आन्दोलनको परिवर्तित परिवेशअनुसार नेता मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादमा आधारित रहेर नेपालको कम्युनिस्ट आन्दोलन पुजीवादी समाजमा प्रवेश गरेको बताउनुभयो । समाजवादतिर अग्रसर हुनका लागि एमालेको महाधिवेशनले जबजलाई नया उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । एकीकृत नेकपा माओवादीले हेटौाडा महाधिवेशनमा पारित राजनीतिक दस्तावेजलाई अक्षरश: कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको खण्डमा उनीहरु पनि एमालेकै महाधिवेशनको नजिक रहन सक्ने भुसालको भनाई थियो ।