मेसिन मर्मत नहुदा उदयपुर सिमेन्ट उद्योग बन्द

जेठ ४, उदयपुर –देशकै सबैभन्दा ठूलो सिमेन्ट उद्योग उदयपुर सिमेन्ट उद्योग पाच दिनदेखि बन्द भएको छ । उद्योगको प्रदूषण नियन्त्रण गर्ने मेसिनमा गडबडी भएपछि केही दिनका लागि मेसिन मर्मत गर्न उद्योग बन्द गर्नुपरेको उदयपुर सिमेन्ट उद्योगका सहायक महाप्रबन्धक नवलकिशोर साहले जानकारी दिनुभयो ।
उद्योगको मेसिन मर्मत गर्न अझै हप्ता दिन लाग्न सक्ने उहााको भनाइ छ । उद्योगको प्रदूषण नियन्त्रण गर्ने मेसिनले काम नगर्दा उद्योगभित्र र उद्योग आसपासको क्षेत्रसम्म व्यापक सिमेन्टको प्रदूषण फैलिन थालेपछि प्रदूषण नियन्त्रण गर्न बाध्य भएर उद्योग बन्द गर्नुपरेको उद्योगका कर्मचारीहरू बताउाछन् । उद्योग बन्द उद्योगलाई पचासौ लाख घाटा भएको कर्मचारीको भनाइ छ । प्रतिदिन ८०० मेट्रिक टन सिमेन्ट उत्पादन क्षमता भएको उदयपुर सिमेन्ट उद्योगले अहिले ५०० मेट्रिक टन सिमेन्ट उत्पादन गर्दै आएको छ ।