जेठ २, काठमाडौ– बंगलादेशमा डुंगा दुर्घटना हुादा सयौं मानिस मारिएको अधिकारीहरुले जनाएका छन् । हिजो दिउासो भएको दुर्घटनामा मृत्यु भएका व्यक्तीबारे एकीन तथ्यांक प्राप्त हुन सकेको छैन । राजधानी ढाकाबाट दक्षिण पश्चिम स्थित मुशीजंग जिल्लाको मेघना नदिमा कम्तीमा २ सय यात्रु बोकेको डुंगा दुर्घटनामा परेको थियो । अधिकारीहरुका अनुसार दुर्घटनामा परेका कुनै पनि यात्रुलाई सकुशल उद्धार गर्न सकिएको छैन । मुशिजंग जिल्लाका डिप्टी कमिश्नार सैफुल हसनले भने डुंगामा सवार यात्रुको संख्या ३ सय ५० भन्दा बढि रहेको हुन सक्ने अनुमान गरेका छन् । मेघना नदिबाट केहि शवहरु निकालिएको र उद्धार कार्य जारी रहेको ती अधिकारीले समाचार एजेन्सी एएफपीलाई जानकारी दिएका छन् । सन् २०१२ को मार्चमा पनि मेघना नदिमा भएको डुंगा दुर्घटनामा १ सय १२ जनाको मृत्यु भएको थियो ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
