जेठ २, काठमाडौ–भारतमा सम्पन्न लोकसभा निर्वाचनको मत परिणाम आज सार्वजनिक हुने भएको छ । गत ७ अप्रिलबाट सुरु भई १२ मेमा सम्पन्न भएको लोकसभा निर्वाचनको मत परिणाम आज सार्वजनिक गर्ने भारतीय निवार्चन आयोगको तयारी छ । विद्युतीय मेसिनमार्फत मतदान भएकाले आज अपराह्न्न ४ बजेसम्म मत परिणाम आईसक्ने बताईएको छ । विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक मुलुक भारतमा सबैभन्दा लामो समय एक महिनाभन्दा बढि समय लगाएर निर्वाचन सम्पन्न भएको थियो । उक्त निर्वाचनमा थुप्रै राष्ट्रिय र क्षेत्रीय पार्टीहरुले प्रतिष्पर्धा गरेका थिए भने ५१ करोडभन्दा बढि नागरिकले मतदान गरेका थिए । जबकी भारतमा ८१ करोड ४५ लाख ९१ हजार १ सय ८४ नागरिक मतदाता नामावलीमा सूचिकृत छन् । भारतीय निर्वाचन आयोगका अनुसार यस पटकको निर्वाचनमा सबैभन्दा बढि ६६ दशमलब ४ प्रतिशत मतदान भएको छ । यस अघि सन १९८४ मा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको हत्या पछि भएको निर्वाचनमा ६४ प्रतिशत मतदान भएको थियो । आज मत परिणाम सार्वजनिक भैरहादा नयाा सरकार गठनका बिषयमा पनि भारतमा चर्चा सुरु भएको छ । १० बर्षसम्म लगातार प्रधानमन्त्री रहेका कााग्रेस आईका नेता मनमोहन सिंह भोलिबाट प्रधानमन्त्री पद छोड्ने तयारीमा छन् ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
