प्रियंकाको बन्दै साक्षी

मुम्बई(एजेन्सी)– अभिनेत्री प्रियंका चोपडाको जीवनमा आधारति फिल्म बन्दैछ । यसका लागि अभिनय गर्ने उपयुक्त हीरोइन पनि भेटिएकी छन् । प्रियंकाको भुमिका निभाउने भएकी छन्, साक्षी चौधरीले । यस फिल्मलाई असीम मर्चेट बनाउदै छन् । प्रियंकाको मोडलिङ करिअर र उनको आफ्नो सेक्रेटरी प्रकाश जाजु संग भएको मतभेद पनि पर्दामा उतारिने छ ।

फिल्मको नाम चाहिँ ‘६७ डेज्’ जुराइएको स्रोतले जनाएको छ ।
प्रियंकाको भुमिका निर्वाह गर्नका लागि साक्षीले वर्कसप गर्ने भएकी छन् र प्रियंका जस्तै हाउभाउ, बोलीचाली अभ्यास गर्ने भएकी छन् । धेरैको जीवनमा अभिनय गरेर मनोरञ्जन दिइदै आएकी प्रियंकाको वास्तवीक जीवनले चाहिँ दर्शकलाई कस्तो प्रभाव पार्न सक्ने हो त्यो भने हेर्न बाकी छ ।