विवाहपछि रानीको फि दोब्बर

नयाँ दिल्ली– भनिन्छ, बिबाह भएपछि नायिकाको मुल्य गुन्द्रुकको भाउमा विक्छ । लोकप्रियता र चाम विस्तारै ओझेल पर्न थाल्छ । तर, बलिउड क्वीन रानी मुखर्जीले चाहिँ यो मान्यतालाई चिर्न थालेकी छन् । उनले विवाह पछि आफनो फिल्मको फि दोब्बर बढाएकी छन् ।

रानीले हालचालै इटलीमा आफ्नो प्रेमी र फिल्मेकर आदित्य चोपडासंग विवाह गरेकी हुन् । स्रोतका अनुसार रानीले विवाहपछि आफ्नो फिल्मको फि दोब्बर बढाएकी छन् । उनले यसो गर्दा बलिउड फिल्म इन्ड्रस्ट्रीजमा आलोचना पनि उठेको छ । कसैले रानीले फिल्म निर्मातासंग बिहे गरेको अहंकार र फाइदा उठाएकी हुन् भन्नेहरु प्रशस्तै भेटिएका छन् ।

तर कतिपयले समय सापेक्ष सुहाउदो भनेर समर्थन पनि गरेको छन् । यतिबेला रानी आफ्नो आउदो फिल्म ‘मर्दानी’ को सुटिङमा व्यस्त छिन् । यस फिल्ममा उनी पुलिसअफिसरको भुमिकामा देखा पर्ने छिन् ।