जण्डिसको प्रकोपले बिराटनगरका निजीविद्यालय बन्द

वैशाख २९,विराटनगर–वढ्दो गर्मी संगै जण्डिसको प्रकोप फैलिएपछि आजदेखि विराटनगरका सबै निजी विद्यालय बन्द भएका छन । विराटनगरमा तीन सातायता जण्डिसको प्रकोप फैलिएकोले यसको असर बालबालिकामा पर्न सक्ने भन्दै निजी विद्यालय सञ्चालकहरुको संस्था प्याब्सन र एनप्याब्सनले आजदेखि पााच दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।
विद्यालय बन्द भएको अवधिमा खाने पानीको ट्याङकी, धारा र शौचालयको सरसफाई गर्ने प्याब्सन मोरङका अध्यक्ष टीकाराम ढकालले जानकारी दिनुभयो । जन्डीसकै कारण १०जनाको मृत्यु भइसकेको छ भने धेरै विरमी परेका छन । मोरङमा तीन सय निजी विद्यालय सन्चालनमा छन् । जसमा अध्ययन गर्ने करिब एक सय बालबालिका र ३० जना शिक्षकमा जण्डिस देखिएको बताइएको छ । सामुदायिक विद्यालयहरु पनि बन्द गर्न अभिावकले दबाब दिएका छन्