कोरियाली लगानी भित्र्याउन परराष्ट्र मन्त्री कोरिया जाादै

वैशाख २९,काठमाडौ– कोरिया सकारको निमन्त्रणामा परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे आज कोरिया जादै हुनुहुन्छ ।

कोरियाली लगानी भित्र्याउन, नेपाल र दक्षिण कोरियाबीच कूटनीतिक सम्बन्ध सुदृढ बनाउने उद्देश्यका साथ मन्त्री पाण्डे सात सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अपराह्न कोरिया जान लाग्नु भएको हो ।
नेपाल–कोरिया कूटनीतिक सम्बन्ध स्थापनाको ४० औं वार्षिकोत्सवको अवसरमा कोरिया पुगेर मन्त्री पाण्डेले कोरियाली लगानी आकर्षित गर्ने तथा द्विपक्षीय–व्यापार प्रवद्र्धन, लगानीका थप क्षेत्र पहिचानलगायत नेपालको आर्थिक–सामाजिक रूपान्तरणमा योगदान गर्ने उद्येश्यले सोलस्थित नेपाली राजदूतावासले जेठ १ गतेदेखि गर्ने तीनदिने लगानी प्रवद्र्धनसम्बन्धी कार्यशालाको उद्घाटन गर्ने कार्यक्रम छ ।
मन्त्री पाण्डे नेतृत्वको प्रतिनिधिमण्डलमा उद्योग मन्त्रालयका सचिव कृष्ण ज्ञवाली, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्त, ऊर्जा मन्त्रालयका सहसचिव उदयराज सापकोटा, परराष्ट्र मन्त्रालयको उत्तरपूर्वी एसिया महाशाखा प्रमुख अम्बिकादेवी लुईंटेल, सोही मन्त्रालयका सहसचिव निर्मलराज काफ्ले, परराष्ट्र मन्त्रीको सचिवालयका शाखा अधिकृत पुरुषोत्तम ढुङ्गेल हुनुहुन्छ । नेपाली श्रमिकको आकर्षक गन्तव्यका रूपमा रहेको कोरियालाई थप जनशक्ति आपूर्ति गर्ने सम्भावनाको खोजी गर्न पनि मन्त्री पाण्डेको भ्रमण उपयोगी हुने अपेक्षा गरिएको छ ।