बाघको आक्रमणबाट एकको मृत्यु

वैशाख २६, महोत्तरी –महोत्तरीको खयरमारा गाविसमा बाघको आक्रमणबाट गएराती एकजनाको मृत्यु भएको छ । खयरमारा ४ का धनबहादुर मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । खयरमारा–५ स्थित बौद्ध सामुदायिक वनमा दाउरा लिन गएका मगर राती अबेर सम्म पनि नफर्किएपछि खोजी गर्दै जाादा मृत अवस्थामा फेला परेका थिए । शव हेर्दा बाघको आक्रमणबाट उनको मृत्यु भएको पुष्टि भएको छ ।