आईपीएलमा आज ब्याङलोर र पंजाब बिच प्रतिस्पर्धा हुने

वैशाख २६, काठमाडौ – ईन्डीयन प्रिमीयर लिग आईपीएल क्रिकेटमा शुक्रबार रोएल च्यालेन्जर्स ब्याङलोर तथा किङस इलाभेन पंजाब बिच प्रतिस्पर्धा हुने भएको छ । वेलुकी सवा ८ बजे हुने खेल ब्याङलोरमा हुनेछ ।
गए राती भएको खेलमासनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई ३२ रनले हराएको छ । १ सय ३४ रनको लक्ष्य पछ्याएको राजस्थानले १ वल बाकी छदा सबै विकेट गुमाएर १ सय २ रन मात्र बनाउन सक्यो । राजस्थानका स्टेभन स्मिथले २२, सञ्जु साम्सनले १६, करुण नाइर र स्टर्ट बिन्नीले समान १२ तथा सेन वाट्सनले ११ रन जोड्नु बाहेक अरु ब्याट्सम्यानले दोहोरो अंको रन बनाउन सकेनन् । टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रन बनाएको थियो । हैदरावादका धवनले ३३, इरफान पठानले नटआउट २१, लोकेश राहुलले १८, नमन ओझाले १७ रन बनाए । जितसंगै हैदरावाद लिगको तालिकाको पाचौ स्थानमा उक्लिएको छ भने राजस्थान तेश्रो स्थानमा कायमै छ ।