बुद्धजयन्तीका अवसरमा बुद्धजयन्ती सप्ताह शुरु

वैशाख २६, काठमाडौ– यसवर्षको २५५८ औं शाक्यमुनि भगवान् बुद्धको जन्म जयन्ती शुक्रवार देखि सप्ताहव्यापी रुपमा सुरु भएकोछ । ‘सम्पूर्ण नेपालीको चाहना, स्थायी शान्तिको कामना’ भन्ने मूल नाराका साथ कार्यक्रम संचालन भएको हो ।
भगवान् बुद्धको जन्मभूमि नेपालमा बौद्ध सङ्घ संस्थाहरू, आदिवासी जनजाति सङ्गठन र बुद्ध प्रति श्रद्धा राख्नेहरूले यस वर्षदेखि सामूहिक रूपमा राष्ट्रियस्तरमा बुद्ध जयन्ती मनाउन लागेको नेपाल बौद्ध महासङ्घका अध्यक्ष फुपु छेम्बे शेर्पाले जानकारी दिनुभयो ।
बुद्ध जयन्तीका अवसरमा आज कीर्तिपुरका बौद्ध सङ्घसंस्थाहरूको आयोजनामा विश्व शान्तिको कामनासहित कीर्तिपुरमा दीप प्रज्वलन तथा शान्ति प्रार्थना, गर्ने कार्यक्रम रहेको शेर्पाले बताउनुभयो ।
शेर्पाका अनुसार २७ गते टुाडिखेलमा बृहत् जनसभा तथा शान्ति प्रार्थना गर्ने, २८ गते काठमाडौादेखि लुम्बिनीसम्म साइकल यात्रा गर्ने, २९ गते विभिन्न गुम्बा र विहारहरूमा सूत्र पाठ तथा प्रवचन कार्यक्रम रहेको छ । त्यस्तै ३१ गते बुद्ध जयन्तीका दिन बिभिन्न कार्यक्रम गरी सप्ताह ब्यपी रुममा बुद्धजयन्ति मनाइइदै छ ।