नायिका प्रियांकाको तेस्रो गीत

मुम्बई(एजेन्सी)–सबैमा कुनै न कुनै प्रतिभा हुन्छ । अभिनेत्री प्रियंका चोपडामा भने अभिनयसंगै गायन प्रतिभा पनि छ । यसको प्रत्यक्ष उदारहण उनी आफैले फिल्ममा गीत रेकर्ड गराएर पुष्टि समेत गरेकी छिन् ।
सोमबार प्रियांकाले आफ्नो तेस्रो गीत सार्वजनिक गरेकी छन् । ‘आइ कान्ट मेक यु लभ भी’ गीत सावर्जनिक गरिन् । यो गीत बोनी रेट को १९९१ को क्लासिक गीतको नृत्य संस्करण हो । नोकिया मोबाइलमा उनको यो गीत लन्च भएको हो । एउटी युवति भएकाले उनी यो गीत बाट प्रभावीत भई गायिका बन्न इच्छुक भएको उनले बताइन् । यो भन्दा अघि ‘इन माइ सिटि’ र ‘एग्जाँटिक’ गीत गाइसकेकी छन् ।