शुक्रबारदेखि मह जात्रा हुँदै

वैशाख २४,काठमाडौ–पछिल्लो ७ वर्षको अन्तरालपछि मह जोडी हरिवंश आचार्य र मदनकृष्णि श्रेष्ठले मह जात्रा गर्ने भएका छन् । राजधानीमा बुधबार पत्रकार सम्मेलन मार्फत उनीहरुले शुक्रबारदेखि दुईसाता सम्मका लागि मह जात्रा गरिने जानकारी गराएका हुन् । हरिवंश र मदनकृष्णसंगै अन्य कलाकार, बसुन्धरा भुसाल, राजाराम पौडेल, किरण केसी, शिवहरि पौडेल, दिलीप रायमाझी, मोहित वंश आचार्य, मल्लिाका कार्की लयात कलाकारले साथ दिने छन् ।
नेपाल प्रज्ञाप्रतिष्ठानमा गर्न लागिएको मह जात्रामा राजनीतिक, सामाजिक र विभिन्न समसामयिक विषयमा हाँस्यव्यंग्य गरिने छ । हरिवंश र मदनले पछिल्लो समय टेलिभिजन कार्यक्रममा व्यवस्त भएका कारण रंगमञ्चलाई समय दिन नसकेको बताउदै, अब फेरि रंगमञ्चमै जम्न लागेको बताए । केहि समय अघि विदेशमा समेत मह जात्रादेखाएर मह जोडि मंगलबार राजधानी फर्किएका हुन् ।