गर्भवती पत्नीलाई आगो लगाउने फरिदविरुद्ध मुद्दा दर्ता

वैशाख २४, बााके – विवाहमा मोटरसाइकल र भौसी दाइजो नल्याएको भन्दै गर्भवती पत्नीलाई जिउादै आगो लगाउने फरिद शेखविरुद्ध बााके जिल्ला प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको छ ।
जिल्लाको विकट क्षेत्र राप्तीपारि लक्ष्मणपुर–८ मियापुरवाका फरिदले श्रीमती रिहाना सेख ढफालीलाई दाइजो नल्याएकै निहुामा मट्टितेल छर्केर आगो लगाएका थिए । जिल्ला प्रहरी कार्यालयका अनुसार आरोपित फरिदविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको छ । घटनामा संग्लन भनिएका सासू–ससुरा र श्रीमान्समेत भारततिर भागेकाले अहिलेसम्म पक्राउ गर्न सकिएको छैन । फरिदले दाइजोको निहुामा गत चैतमा पत्नी रिहानालाई मट्टितेल खन्याई आगो लगाएका थिए । गम्भीर घाइते रिहानाको काठमाडौामा उपचार भइरहेको छ ।