प्रधानमन्त्री यिङलक सिनावात्रालाई पदबाट हट्ने आदेश

वैशाख २४,काठमाडौ–थाइल्यान्डको संवैधानिक अदालतले प्रधानमन्त्री यिङलक सिनावात्रालाई अधिकार दुरूपयोग गरेको आरोपमा पदबाट हट्न आदेश दिएको छ । उहालाइ तत्कालिन राष्ट्रिय सुरक्षा प्रमुख थाविल प्लिनस्रीलाई प्रधानमन्त्री सिनावात्राले सन् २०११ मा निर्वाचित भएपछि आफ्नो दलको फाइदाका लागि प्रतिस्थापन गरेको आरोप लगाइएको छ ।
उहााविरुद्ध संसदको माथिल्लो सभाका सदस्यहरूले मुद्दा दायर गरेका थिए ।
यस निर्णयले थाइल्यान्डलाई अझै गहन सङ्कटमा लैजाने अनुमान गरिएको छ । प्रधानमन्त्री सिनावात्रा हिजो अदालतमा उपस्थित भइ र आफूमाथि लगाइएका आरोप अस्वीकार गर्नुभएको थियो ।