लुम्बीनी चिनी मिलका महाप्रबन्धक प्रहरी हिरासतमा

वैशाख २४, नवलपरासी– नवलपरासी स्थित लुम्बिनी चिनी मिलका महाप्रवन्धक बाबुलाल अग्रवाललाई प्रहरीले हिरासतमा लिएको छ ।
उखु तौलमा किसानहरु लाई ठगी गरेको आरोपमा प्रहरीले उद्योग परिसरबाटै अग्रवाललाई पक्राउ गरि हिरासतमा लिएको हो ।
किसानको उखु खरिद गर्दा तौलमा ठगी गरेको अभियोगमा जिल्ला अदालतमा मुद्धा चलाइने प्रहरी उपरीक्षक बिष्णुहरि गौतमले जानकारी दिनुभयो । उद्योग मन्त्रालयले ठगी मुद्धा चलाउने निर्णय गरेपछि प्रहरीले अग्रवाललाई हिरासतमा लिएको एसपी गौतमले बताउनुभयो । किसानहरुले ल्याएको उखुलाई तौल गर्दा ठगी गरेको भन्ने उजुरी परेपछि दुई महिनाअघि उद्योग मन्त्रालयले नेपाल गुणस्तर तथा नापतौल विभागका बरिष्ठ निरीक्षकको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति वनाएर अनसन्धान सुरु गरेको थियो ।