चलचित्रमा केकीको माग वढ्दो

वैशाख २१,काठमाडौं– प्राय सबैको रहरको केन्द्रविन्दु चलचित्र क्षेत्र हो । जहा धेरैले आफनो करियरका लागी मरिहत्य गरिरहेका हुन्छन् । चलचित्रको ठुलो पर्दामा देखिन भए बरु पैसा नै चाहिदैन भन्ने कलाकार पनि छन् यस सिनेवजारमा । चलचित्र क्षेत्रमा सम्भाबना बोकेर लाग्ने धेरै कलाकार छन् अनि धेरैको सोचाई छ म पनि अरु जस्तै स्टार बन्न पाउ ।
तर सवैका सपना विपना काहा वन्न सक्छर ? कति सपनाहरु त्यसै हुरीले लग्छन् त कतिका सपनाहरु पुरा पनि भएका छन् । चलचित्र क्षेत्रमा आज नाम सुनेका धेरै कलाकारहरुले यहाा सम्म आउनका लागी धेरै दुख गरेका छन् ।
दुख गरेर चलचित्रको विकासमा लाग्ने नवकलाकारहरु चलचित्रमा बढ्दै गएको छ । त्यहि भिडमा चलचित्र क्षेत्रलाई निकै राम्रो चलचित्र दिइ सकेकी नायिका हुन केकी अधिकारी । राम्रो अभिनय गर्न माहिर केकी अहिले चलचित्र क्षेत्रमा व्यस्त नायिकाको रुपमा पनि चिनिन्छिन् । नेपाली सिनेक्षेत्रलाई र्दजनै चलचित्र दिएकी नायिका केकी एउटा चलचित्र खेले बापत ३ देखी ४ लाख सम्म लिने गरेकी बताइएको छ । पछिल्लो समय चलचित्र वितेको पलको राम्रो सफलता पछि केकीले आफनो रेट केहि बढाइएको बताइएको छ । केकीको हाल झण्डै नायकहरुकै हाराहारीमा पारिश्रमिक लिने गरेकी छिन् । पछिल्लो समय केहि चलचित्रमा व्यस्त भएपनि कुन चलचित्रको दैडानमा केकी व्यस्त छिन् त्यो भने खुलाएकी छैन् । यसरी एक पछि अर्को चलचित्रमा व्यस्त बन्दै गएकी नायिका केकी अधिकारीको माग अहिले चलचित्र क्षेत्रमा धेरै छ ।