गुरुङ्ग संस्कृतीमा आधारित सांस्कृतिक कार्यक्रम सम्पन्न

वैशाख २१, काठमाडौ–गुरुङ्ग(तमु) जातीको संस्कृतीमा आधारित विविध सांस्कृतिक कार्यक्रम शनिवार राजधानीमा प्रर्दशन गरिएको छ ।
गुरुङ्ग जातीको कला, संस्कृति र भाषको संरक्षणका लागि गुरुङ्ग फिल्म एसोशियसन नेपालले कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा गुरुङ्ग जातीको मौलिक सांस्कृतिक नृत्य घाटु, सोरठी, कौरा, सालैजो र झ्याउरे प्रस्तुत गरिएको थियो ।
र् गुरुङ्ग जातिको संस्कृित दिन प्रति दिन लोप हुदै गएको औल्याउदै कार्यक्रमका अतिथी समाजसेवी लालकाजी गुरुङ्गले यस्ता कार्यक्रमले गुरुङ्ग जातीको कला, संस्कृति र भाषको संरक्षण मात्रै होइन प्रचारप्रसारमा पनि सहयोग पुग्ने वताउनु भयो ।
गुरुङ्ग जाति सांस्कृतिक रुपमा धनि छ । तर यस जातिको भाषाको लिपी समेत नभएको गुनसो गर्दै गुरुङ्ग फिल्म एसोशियसन नेपालका अध्यक्ष श्याम गुरुङ्गले गुरुङ्ग जातिको संस्कृति, भाषा र कलाको जर्गेना गर्न राज्यले चासो दिन आवश्यक भएको वताउनु भयो ।