ओमानबिरुद्धको खेलमा नेपालको खराब सुरुवात

वैशाख २१, एजेन्सी–मलेसियामा जारी एसीसी प्रिमियर लिग क्रिकेट अन्तर्गत ओमानबिरुद्धको खेलमा नेपालले खराब सुरुवात गरेको छ । सेलाङगोर टर्फ क्लबमा जारी खेलमा टस हारेर व्याटिङ्को निम्तो पाएको नेपालले यो समाचार तयार पार्दासम्म ४. विकेटको क्षेतीमा १९ ओभर खेल्दै ६९.रन जोडेको छ । नेपालका लागि कप्तान पारस खड्का ६ रन बनाएर आउट भएका छन् भने ज्ञानेन्द्र मल्ल २६ रनमा आउट भएका भए । त्यस्तै १० बलको सामना गरेका सुवास खकुरेलले एक रन पनि जोड्न सकेनन् । मेहवुब आलम ५ रन बनाएर आउट भए । अहिले क्रिजमा नरेश बुढा ऐर र शरद भेष्वाकर छन् । यस अघिका दुबै खेल जितेको नेपाल खेल तालिकाको दोस्रो स्थानमा छ । नेपालले पहिलो खेलमा यएई र दोस्रो खेलमा आयोजक मलेसियालाई पराजित गरेको थियो ।