युक्रेनमा हिंसात्मक प्रदर्शनका क्रममा ४२ जनाको मृत्यु

वैशाख २१, एजेन्सी–युक्रेनको ओदेशा शहरमा भैरहेको हिंसात्मक प्रदर्शनका क्रममा शुक्रबार ४२ जनाको मृत्यु भएपछि त्यहाा तिब्र तनाव बढिरहेको अधिकारीहरुले बताएका छन् । शुक्रबार एक सरकारी भवनमा भएको आगालागीमा थुप्रै व्यक्तीको मृत्यु भएको थियो भने त्यस अघि सरकारी सेनाले गरेको प्रतिरक्षात्मक कार्वाहीमा रुस समर्थक प्रदर्शनकारीहरु मारिएका थिए । ती घटनापछि ओदेशामा प्रदर्शन गरीरहेका रुस समर्थनक प्रदर्शनकारी झन् आक्रामक रुपमा प्रदर्शनमा उत्रिएको बिबिसीले जनाएको छ । ती प्रदर्शनकारीले सरकारी भवन कब्जाको गति बढाएका छन् भने युक्रेन समर्थकहरुमाथि आक्रमण गरिरहेका छन् । उता युक्रेनको पूर्वी शहर क्र्यामाटोस्र्कमा पनि युक्रेनी सेना र रुस समर्थकहरुबिच झडप भैरहेको छ । सरकारी सेनाले शहरलाई चारैतर्फबाट घेरा हालेको अधिकारीहरुले जनाएका छन् । युक्रेनले रुस समर्थकहरुलाई परास्त गर्ने भन्दै देशका बिभिन्न द्वन्द्वग्रस्त शहरमा सुरक्षा कार्वाहीलाई तिब्र बनाएको छ ।