आगलागीमा १५ जनाको मृत्यु, ५ जना घाइते

वैशाख २१, एजेन्सी–भारतको उज्जैनस्थित एक पटाका फ्याक्ट्रीमा भएको आगलागीमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । दुर्घटनामा १२ महिला र एक बालक र दुई पुरुषको को मृत्यु भएको छ । घटनामा अन्य पााच जना गम्भीर घाईते भएका छन् । हिजो दिउासो पटाका खानीमा काम चलिरहेका बेला आगलागी भएको थियो । करिब २ दर्जन मजदुरहरु काम गरिरहेका बेला उद्योगमा आगो लागेको थियो । आगालागीका कारण मृत्यु हुनेको संख्या बढ्न सक्ने अधिकारीहले बताएका छन् । आगलागीको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।