पानी परेपछि किसानहरु हर्षित

rain fallवैशाख १९, काठमाडौ– लामो खडेरी पछि काठमाडौ लगाएत देशका विभिन्न भागमा पानी परेपछि राहत महशुस गरिएको छ । हिजो दिउसो देखि पानी पर्न थालेपछि हिउदेबालीलाई फाइदा पुगेको भन्दै तराईका किसानहरु हर्षित भएका छन् ।
वर्षा भएपछि किसानहरुलाई बााझो खेतबारी खनजोत गर्न र नयाा बाली लगाउन सहज हुने भएको छ ।
बैशाखको दोस्रो साता लागी सक्दा समेत पानी नपर्दा निकै चिन्तित भएका किसानहरु गएराती नयाा बाली लगाउने गरी आकाशे वर्षा भएपछि निकै खुशी भएका हुन् ।
सिाचाईको सुविधा नहरेका विभिन्न जिल्लाहरुमा वर्षा भएसागै नयाा बाली लगाउन पाएपछि निकै खुशी देखिएका छन् । जिल्ला कृषि विकास कार्यालय सर्लाहीका कृषि प्रसार अधिकृत बिजय मण्डलले गएराती परेको वर्षाले किसानहरुलाई मकै बाली लगाउन मौका मिलेको बताउनुभयो । अहिले भएको वर्षाले कुनै पनि बालीनालीलाई खासै क्षति नपुर्‍याउने उहााले बताउनुभयो । कृषि प्राविधिकहरुले किसानहरुलाई किराले नखाएको राम्रो मकैको बीउ रोप्न सल्लाह दिएका छन् ।