एमालेको नबौ महाधिबेशन एक महिना पछि सर्‍यो

cpn uml officeवैशाख १९, काठमाडौ–नेकपा एमालेको नबौ महाधिबेशन तोकिएको मितिमा नभई एक महिना पर सरेको छ । आगामी जेठ २४ गतेबाट काठमाडौमा सुरु गर्ने भनिएको महाधिबेशन पार्टीको आन्तरिक कार्य नसकिएको र संसदीय दलका नेता केपी शर्मा ओली अस्वस्थ भएपछि पर सार्ने निर्णय गरिएको एमालेले जनाएको छ ।
आन्तिरिक कार्य नसकिएर मिति एक महिना पर सरेपनि महाधिबेशन भने काठमाडौमै गर्ने तय भएको एमाले नेता सुरेन्द्र पाण्डेले बताउनुभयो ।

स्थायी समितिले महाधिबेशन पर सार्ने निर्णय गरेपनि यसबारे औपचारिक निर्णय भने केन्द्रिय कमिटिले गर्ने छ ।
यस्तै एमालेले आगामी असार ८ गते हुने संविधान सभाको उप निर्वाचनकालागि पनि तयारी थालेको जनाएको छ । देशका ४ वटा निर्वाचन क्षेत्रमा हुने उप निर्वाचनकालागि एमालेले १० दिन भित्र उम्मेदवार सिफारिस गर्न सम्बन्धीत क्षेत्रिय समितिलाई निर्देशन पनि दिएको छ ।