प्रहरीले अस्थायी पोष्ट राखेपछि विद्यालय नै बन्द

वैशाख १९, बााक –बााके जिल्लाको होलिया गाविसको चौफेरीस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय चौफेरीको भवनमा प्रहरीले अस्थायी प्रहरी पोष्ट राखेपछि विद्यालय नै बन्द भएको छ ।
विद्यालयको भवन प्रहरीले कब्जा गरेपछि विद्यार्थी पढ्न नपाएर मजदुरी गर्न जान थालेका छन् । प्रहरीले अस्थायी पोस्ट खडा गरेपछि विद्यालय झैझगडा मिलाउने र मानिसलाई नियन्त्रणमा लिई थुन्ने थुनुवा केन्द्र बनेको छ ।
बाढी र आगलागीबाट प्रभावित सो क्षेत्रको चौफेरीका स्थानीयवासीको बालबालिकाले सहजरुपमा शिक्षा लिन पाउन भन्ने उद्देश्यले २०६४ सालमा दातृ निकायको सहयोगमा दुई कोठे भवन निर्माण गरिएको थियो ।
तनहुाको विकट भानुमति गाविस–४ का बासिन्दाले श्रमदान गरी बुचाखानी उच्च माध्यमिक विद्यालयको चार कोठे भवन निर्माण गरेका छन् ।
गाउालेले ३५ लाख बराबरको श्रमदानबाट सो भवन निर्माण गरेको विद्यालयका प्राचार्य पुष्पराज पौडेलले बताउनुभयो ।
भवन बनेपछि विद्यालयका ५ सय विद्यार्थी लाभान्वित भएको जानकारी उहााले दिनुभयो ।