एमाओवादीको सम्मेलनमा आजबाट बन्द सत्र

ucpn maobadiवैशाख १९, विराटनगर– एकीकृत नेकपा माओवादीको राष्ट्रिय सम्मेलनमा आजबाट बन्द सत्र सुरुहुदै छ ।
बिराटनगरमा जारी सम्मेलनमा बिहान ८ बजे देखिनै सुरुहुने भनिएको बन्द सत्र अझै सुरु नभएको नेताहरुले बताएका छन् ।
विभिन्न जिल्लाहरुमा प्रतिनिधी छनौटको विवाद कायम रहेकाले त्यसबारे निर्णय गर्न अहिले पदाधिकारी बैठक बसी रहेको छ ।
हिजो राती अबेर सम्म बसेको बैठकमा समानान्तर कमीटि भएका जिल्लाबाट दुबैलाई मान्यता दिने र विवादित जिल्लाहरुबाट पदाधिकारीले प्रतिनिधी छनौट गर्ने सहमति भएको थियो ।
पार्टी भित्र विवाद बढ्दा रौतहट र पर्सामा समानान्तर कमीटि गठन भएको छ भने सुनसरी, भक्तपुर रसुवा लगाएत ५ वटा जिल्लाले प्रतिनिधी छान्न सकेका छैनन् ।
कुनैपनि जिल्ला प्रतिनिधी विहिन नगराउने भन्दै सवै छिनोफानो पदाधिकारी बसेर टुंगाउने गरि छलफल भइरहेको माओवादी नेता गीरीराजमणी पोखरेलले जानकारी दिनुभयो ।