भारतमा चर्चितहरुको भिडन्त आज

वैशाख १७, एजेन्सी–भारतमा जारी लोकसभाको निर्वाचन अन्तर्गत आज भारतका बिभिन्न पार्टीका चर्चित हस्तीहरुको भाग्य फैसला हुने भएको छ । आज हुने सातौं चरणको मतदानमा कााग्रेस आईकी अध्यक्ष सोनिया गान्धी, उपाध्यक्ष राहुल गान्धी, भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंह, बरिष्ठ नेता लालकृष्ण आडवाणी, प्रधानमन्त्रीको दावेदारका रुपमा रहेका नरेन्द्र मोदी लगायतका चर्चित हस्तीहरु भिड्दैछन् ।
उत्तर प्रदेशका लोकसभाको ८० सिट मध्य १४ सिटका लागि आज मतदान हुादै छ । उत्तर प्रदेशको रायबरेलीबाट युपीय गठबन्धन तथा कााग्रेस आई अध्यक्ष सोनिया गान्धी चुनावी मैदानमा छन् ।
त्यस्तै लखनउमा भाजपाका राष्ट्रिय अध्यक्ष राजनाथ सिंह चुनावी मैदानमा छन् । यसैगरी गुजरातका सबै २६ सिटका लागि आज मतादान हुादैछ । जहाा प्रधानमन्त्रीका प्रत्यासी नरेन्द्र मोदी चुनावी मैदानमा छन् । त्यसैगरी गान्धीनगरबाट भाजपाका बरिष्ठ नेता लालकृष्ण आडवाणी चुनावी प्रतिष्पर्धामा छन् ।
बिहारमा आज सात सिटका लागि हुने मतदानमा जनता दल युनाईटेडका राष्ट्रिय अध्यक्ष शरद यादव चुनावी प्रतिष्पर्धामा छन् ।
आन्ध्र प्रदेशमा १७ लोकसभा सिट र बिधानसभाका १ सय १९ सिटका लागि आज मतदान हुादैछ जहाा अलग तेलंगना राज्यका लागि आन्दोलन चलाईरहेका तेलंगाना राष्ट्र समितिका अध्यक्ष चन्द्रशेखर राव चुनावी मैदानमा छन् । त्यसैगरी अहदाबादबाट भाजपा नेता तथा अभिनेता परेश रावल चुनावी मैदानमा छन् ।