सम्पत्ति शुद्धीकरण जनचेता अभियान सुरु

वैशाख १७, प्यूठान–सम्पत्ति शुद्धीकरण विभागले पहिलो पटक राप्तीमा जनचेता अभियान सुरु गरेको छ । गैरकानुनी रुपमा सम्पति आर्जन गर्नेहरुको संङख्या बढ्दै गएपछि यसको न्यूनिकरणका लागि राप्तीमै पहिलो पटक अभियान सुरु गएिको हो । विभाग स्थापना भएदेखि हालसम्म राप्तीका प्यूठान, दाङ, रोल्पा, रुकुम र सल्यानमा कुनैपनि कार्यक्रमहरु संञ्चालन नगरीएको र सम्पत्ति शुद्धीकरणका बारेमा स्थानिय स्तरसम्ममा जानकारी नभएको भन्दै जनचेतना अभियान सहित राप्तीमा कार्यक्रम सुरु भएको विभागका महानिर्देशक चुडामणि शर्माले बताउनु भयो । अपराध संगठन तथा अबैद्य धनको कारण पटक पटक कालो सुचिमा पर्ने खतरा रहेकाले सन् २०१८ सम्ममा नेपालमा भएका सबै कमिकमजोरीलाई अन्त्य गरी सम्पत्ति शुद्धीकरण अभियानमा सुधार ल्याउनु पर्ने उहााले बताउनु भयो ।