एमाले मस्यौदा समितिको वैठक आज पनि

cpn umlवैशाख १५, काठमाडौ– नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदनलाई अन्तिम रुप दिन मस्यौदा समितिको बैठक पार्टी कार्यालय वल्खुमा आज पनि बस्ने भएको छ ।  दिउासो तीन बजे बस्ने बैठकमा पार्टी अध्यक्ष तथा मस्यौदा समितिका संयोजक झलनाथ खनालले प्रस्तुत गरेको प्रारम्भिक मस्यौदामाथि सदस्यहरुले धारणा राख्ने कार्यक्रम छ । चैत मसान्तसम्म राजनीतिक प्रतिवेदनको मस्यौदा तयार गर्ने, वैशाख ५–१० गतेसम्म केन्ऽीय कमिटीमा छलफल गर्ने र वैशाख १५ बाट तल्लो कमिटीमा छलफल सुरु गर्ने कार्यतालिका भएपनि अहिलेसम्म मस्यौदाले अन्तिम रुप पाएको छैन । जसले गर्दा जेठ २४ देखि ३० गतेसम्म आयोजना हुने महाधिवेशन प्रभावित हुने देखिएको छ । समाजको चरित्र, २०६२–६३ को परिवर्तनलाई हेर्ने दृष्टिकोण, परिवर्तित परिस्थितिमा मार्गनिर्देशक सिद्धान्त जनताको बहुदलीय जनवादलाई परिमार्जन, मित्रशक्ति र शत्रु शक्तिको पहिचान, आगामी कार्यदिशालगायत महत्वपूर्ण राजनीतिक विषयमा फरक मत रहेको छ । अध्यक्ष खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष बामदेव गौतमको धारणा एकै प्रकारको रहेको छ भने अर्का नेता केपी शर्मा ओलीको फरक धारणा छ ।