स्थायी न्यायाधीशमा सिफारिस नामबारे वारको आपत्ति

nepal barवैशाख १५, काठमाडौ–सर्वाेच्च अदालतको स्थायी न्यायाधीशमा सिफारिस गरिएका नामबारे आपत्ति जनाउादै आएको पेशागत वकिलहरुको संगठन नेपाल बार एसोसिएसनले आज त्यसबारे औपचारिक धारणा सार्वजनिक गर्ने भएको छ । गएराति अबेरसम्म बसेको बैठकले ठोस निष्कर्ष निकाल्न नसकेपछि आज पुन बैठक बसेको छ । न्याय परिषद्द्वारा सिफारिस गरिएका स्थायी न्यायाधीश बारे धारणा बुझ्न बार पदाधिकारीले हिजो  केन्ऽीय सल्लाहकार समितिसाग समेत छलफल गरेको थियो । समितिले सिफारिस त्रुटिपूर्ण भन्दै त्यसलाई सच्याउनुपर्ने निष्कर्ष निकालेको थियो । समितिले निर्णय उल्ट्याउन संसदीय सुनुवाई विशेष समितिलाई दबाब दिन तथा निर्णय प्रक्रियामा सहभागी बारका दुई सदस्यलाई फिर्ता बोलाउन कार्यसमितिलाई सुझाव दिएको थियो । बारका तर्फबाट उपेन्ऽकेशरी न्यौपाने र खेमनारायण ढुंगाना परिषद् सदस्य छन् । न्यायपरिषद्ले गत मंगलबार आठ न्यायाधीशको नाम सिफारिस गरेको थियो । सिफारिस गरिएकामध्ये वैद्यनाथ उपाध्याय र ओमप्रकाश मिश्रबाहेक अन्य ६ जना विवादित पुष्ठभूमिका छन् । खराब आचरण भएकालाई न्यायाधीश सिफारिस गरिएको भन्दै चौतर्फर्ी आलोचना भइरहेको छ । १५ जना स्थायी न्यायाधीश रहने सर्वोच्च अदालतमा १० जनाको पद रिक्त भए पनि न्याय परिषदले ८ जनाको मात्रै सिफारिस गरेको थियो ।