यहूदिहरुको नरसंहार इतिहासकै जघन्य अपराध –प्यालेष्टायनी राष्ट्रपति

वैशाख १५, एजैन्सी–प्यालेष्टायनका राष्ट्रपति महमूद अब्बासले यहूदिहरुको नरसंहार आधुनिक इतिहासकै सबैभन्दा जघन्य अपराध भएको बताएका छन् । दोस्रो विश्वयुद्धका समयमा हिटलरको नाजी सेनाबाट मारिएका करीब ६० लाख यहूदीको सम्झनामा इजरायलले स्मृति दिवस मनाउादै गर्दा इजरायलसाग खराब सम्बन्धबाट गुज्रिरहेको देश प्यालेष्टायनका राष्ट्रपतिले यहूदि नरसंहारलाई जघन्य अपराध भएको टिप्पणी गरेका हुन् । उनले पीडित परिवार र नाजीको हातबाट मारिएका अरु सर्वसाधारण व्यक्तिहरुप्रति सहानुभूति पनि व्यक्त गरे । राष्ट्रपति अब्बासले यहूदिहरुको नरसंहार जातीय भेदभाव र नस्लवादको अवधारणमा गरिएकाले प्यालेष्टायन सधै यस्ता हर्कतको विरोधमा रहने प्रष्ट पारे । उनले यस दिवसलाई इजरायल र प्यालेष्टाइनबीच शान्ति खोज्ने दिनका रुपमा मनाउन पनि आग्रह गरेका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले भने अब्बासले यहूदिहरुको नरसंहारलाई भयानक भन्न नसक्ने भन्दै असन्तुष्टी जनाएका छन् ।