इन्डियन प्रिमियर लिग आइपिएल

वैशाख १३, एजेन्सी–इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बेङ्लोर तथा कोलकाता नाइड राइडर्सले किङ्गस इलेभेन पञ्जाबको सामना गर्ने भएका छन् ।
युएईको शेख जायद स्टेडियममा दिउसो हुने पहिलो खेलमा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बेङ्लोरसाग प्रतिस्प्रधा गर्ने छ । तीन खेलमा २ मा जित र १ मा हार बेहोरेको बेङ्लोर ४ अंकको साथ तेस्रो स्थानमा छ भने समान खेलबाट २ मा हार र १ मा जित निकालेको राजस्थान २ अंकका साथ पााचौ स्थानमा छ ।
सोहि मैदानमा  राती सवा ८ बजे हुने अर्को खेलमा कोलकाता नाइड राईडर्स र  किङ्गस इलेभेन पञ्जाबबीच प्रतिस्पर्धा हुने भएको छ । पञ्जाब आफुले खेलेका तिनै खेलमा विजयी हुदै ६ अंकका साथ शिर्ष स्थानमा रहेको छ भने समान खेलबाट २ मा जित र १ मा हार बेहोरेको कोलकाता ४ अंकका साथ चौथो स्थानमा रहेको छ ।
प्रतियोगिता अन्तर्गत गयरातीको खेलमा चेन्नई सुपर किंग्सले मुम्बई ईन्डियन्सलाई ७ विकेटले पराजित गरेको छ ।
मुम्बईले दिएको १ सय ४२ रनको लक्ष्य चेन्नईले १९ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको हो ।