अधिकारीको १५ औं स्मृति दिवस

manamohanनेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको १५ औं स्मृति दिवस शनिवार विभिन्न कार्यक्रम गरी मनाईदैंछ ।
अधिकारी विक्रम संवत १९७८ सालमा काठमाडौंको लाजिम्पाटमा जन्मिनुभएको थियो ।  उहाको निधन २०५६ साल वैशाख १३ गते भएको थियो ।
नेकपा एमालेका तत्कालिन अध्यक्ष समेत रहनुभएका अधिकारीले २०५१ सालमा नौ महिना नेपालको पहिलो कम्युनिष्ट प्रधानमन्त्री हुनु भएको थियो ।
वि सं २०४६ सालको जनआन्दोलनका बेला नेकपा मार्क्सवादीका अध्यक्ष समेत रहनुभएका अधिकारी २०४७ मा नेकपा माले साग पार्टी एकीकरण भएपछि नेकपा एमालेको समेत संस्थापक अध्यक्ष बन्नु भएको थियो ।