बम आक्रमणमा कम्तीमा ३१ जनाको मृत्यु

वैशाख १३, एजेन्सी–इराकको राजधानी बग्दादमा शिया समुदायको चुनावी र्‍यालीमा भएको श्रृंखलाबद्ध बम आक्रमणमा कम्तीमा ३१ जनाको मृत्यु भएको छ । आतंककारी आक्रमणमा अन्य थुप्रै व्यक्ती घाईते भएका छन् ।
असाइब अहल अल–हक पार्टीले हिजो निकालेको र्‍यालीमा उक्त आक्रमण भएको अधिकारीहरुले जनाएका छन् । आगामी बुधबार हुने संसदीय चुनाव अघि त्यहाा बिभिन्न पार्टीले राजधानी बगदाद लगायत देशभर चुनावी र्‍याली गरिरहेका छन् ।
इस्लामिक स्टेट इन इराक एण्ड द लेवेन्ट नामक समूहले उक्त आक्रमणको जिम्मा लिएको छ । असाइब अहल अल–हक पार्टीलाई इरान र सिरियाली राष्ट्रपति बशर अल असदको समर्थकको रुपमा इरानमा परिभाषित गर्ने गरिएको छ ।
उक्त पार्टीको बिरोधमा रहेको सुन्नी समूहले समय–सयममा उक्त पार्टीका नेताहरुलाई निशाना बनाउादै आएको छ । बुधवार ३ सय २८ सीटका लागि हुने निर्वाचनमा ९ हजार उम्मेदवार चुनावी मैदानमा छन् ।