युक्रेनको हवाई सिमामा रुसी सेनाको लडाकु विमान प्रवेशको आरोप

वैशाख १३, एजेन्सी–अमेरिकाले युक्रेनको पूर्वी क्षेत्रमा बढ्दो तनावका बिच पछिल्लो २४ घण्टामा रुसी सेनाको लडाकु विमान युक्रेनको हवाई सिमामा धेरै पटक प्रवेश गरेको आरोप लगाएको छ ।
अमेरिकाका एक प्रवक्ताले तनाव बढिरहेका बेला रुसले बिभिन्न समयमा हस्तक्षेप बढाईरहेको बताए ।
उता युक्रेनी अधिकारीहरुले रुस समर्थक पृथकतावादीहरुले पूर्वी शहर स्लोवियान्स्कमा अन्तराष्ट्रिय पर्यवेक्षक र युक्रेनी अधिकारीहरु बोकेको बस कब्जामा लिएको आरोप लगाएका छन् ।
ती पर्यवेक्षकहरु अर्गनाईजेशन फर सेक्युरिटी एण्ड कोअपरेशन इन युरोपसंग सम्बन्धीत छन्। युक्रेनको आन्तरिक मन्त्रालयले बसमा सवार ती पर्यवेक्षकलाई स्लोवियान्स्क शहरको एक भवनमा बन्धक बनाएर राखिएको जनाएको छ ।