प्लस टुमा नया नियम, परिक्षा दिन विद्यालयको पोशाक अनिवार्य

वैशाख १३, काठमाडौ–उच्च माध्यामिक तहमा अध्ययनरत विद्यार्थीहरुले अव देखि परिक्षामा समेत विद्यालयको पोशाक लगाउनु पर्ने भएको छ । उच्च माध्यामिक शिक्षा परिषदले आज सार्वजनिक सुचना प्रकाशित गरी परिक्षा दिन आउदा विद्यालयको पोशाक अनिवार्य लगाउन आग्रह गरेको हो ।
परिषदले विद्यालयको पोशाकमा नलगाएका विद्यार्थीलाई परिक्षा दिनबाट बन्चीत गराउन सकिने चेतावनी समेत दिएको छ ।
यो नियम कक्षा ११ र १२ दुवै तहका विद्यार्थीहरुका लागि लागु हुने पनि परिषद्ले स्पष्ट पारेको छ ।