आदिवासी जनजाति फुटवल प्रतियोगिता शुरु

वैसाख १२, काठमाडौं–सुनुवार सेवा समाजले २५औं रजत जयन्तीको अवसरका आदिवासी जनजाति फुटवल प्रतियोगिताको आयोजना गरेको छ ।
प्रतियोगिताअन्तर्गत विहिवार भएको खेलमा आदिवासी जनजाति चलचित्रकर्मी र पत्रकार संघले आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानलाई ट्राइव्रेकरमा २–५ गोलको अन्तरले हरायो भने आदिवासी जनजाति महासंघ र लिसु भुजी रामेछापबीच भएको खेलमा आदिवासी जनजाति महासंघ २–४ को गोलअन्तरले हराउादै विजयी बन्यो ।
बुद्धिजिवी तथा राजनीतिज्ञ र सुनुवार सेवा समाजबीच भएको अर्काे खेलमा आयोजक पराजित भएको छ । समाज ०–१ को अन्तरले पराजित भएको हो । सुनुवार सेवा समाज ललितपुर र आयोजक कोइज स्पोर्टस क्लवबीच भएको खेलमा टाईबेकरका आधारमा आयोजकलाई २–३ ले पछि पार्दै सुनुवार समाज विजयी बन्यो ।
विहिवारै नै आदिवासी जनजाति चलचित्रकर्मी र पत्रकारको समुह र सैवु सुनुवार क्लबबीच भएको क्वाटरफाइनल खेलमा सुनुवार क्लव २–४ ले पराजित भएको छ । अर्काेखेल शनिवार हुादैछ ।