२६ जना मनोनयन गर्ने अधिकार प्रधानमन्त्री दिनु पर्ने

वैसाख १२, काठमाडौ–नेपाली कांग्रेसका नेता दीपकुमार उपाध्यायले सबै दलले २६ जना मनोनयन गर्ने अधिकार प्रधानमन्त्री सुशील कोइरालालाई दिए एक दिनमै सबै दलको प्रतिनिधित्व हुने गरी २६ जना सभासद्को मनोनयन हुने दाबी गर्नुभएको छ ।
एक संचार माध्यमसंग कुरा गर्दै उहांले मनोनित गर्न बााकी रहेको २६ सदस्यहरुको मनोनयन प्रधानमन्त्रीका कारण नभएको भन्ने गलत हल्ला फीजाउने सरकारमा रहेका र सरकार भन्दा बाहीर रहेका दलहरुसंग आट भए त्यो अधिकार प्रधानमन्त्रीलाई मात्र दिन चेतावनी समेत दिनुभयो ।
नेता उपाध्यायले काम सबै सहमतिका आधारमा गर्ने सहमति गर्ने तर,दोष एक ब्यक्तिलाई मात्र दिने प्रबृती गलत भएको बताउनुभयो ।
उहांले सबैकुरा सहमतिमा गर्ने यसअघिको सहमति अनुसार दलहरुका बिचमा काम हुन नसकेको र निर्वाचनमा पराजय भएकोहरुको भिडका कारण नियुक्तमा ढिलाई भएको दाबी गर्नुभयो ।